पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड गैराको चोतारामा नयाँ रेष्टुरेन्ट “ब्लुज हाउस” संचालनमा आएको छ । पोखरा ६ बैदाम निवासी युवाँ ब्यवसायीहरु ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वर कुमार श्रेष्ठ, सरोज कुमार श्रेष्ठ र बद्री श्रेष्ठ हरुले सयुक्त रुपमा लगानि गरि संचालनमा ल्याएका हुन ।

पर्यटन क्षेत्रमा लामो समय विताएका युवाँ ब्यवसायीहरुले करिब ३ करोड रुपैयाको लगानि गरि संचालनमा ल्याइएको रेष्टुरेन्टमा २० जनालाई रोजगारी दिईएको संचालक समितिका अध्यक्ष ईश्वर बरालले जानकारी दिए । “खाना र संगित को कला” भन्ने आर्दशलाई आत्मसाथ गर्दै ब्यवसाय संचालनमा लाएका छौ । विजयादशमीको सुभारभ्भ सँगै घटस्थापनापर्वको दिन पारेर रेष्टुरेन्ट संचालनमा ल्याइएको हो ।

खाना सँगै संगितको कला मार्फत ग्राहकलाई मनोरञ्जन दिने उदेश्यले रेष्टुरेन्टको आकृर्ति पनि तेही अनुरुपमा डिजाइन गरिएको अध्यक्ष बरालले जानकारी दिए । नेपाली र स्थानिय कला संस्कृत झल्कने गरि बनाइएको रेष्टुरेन्टबाट साँझमा फेवा तालमा देखिने छाँया नै रेष्टुरेन्टको विषेशता रहेको छ ।

रेष्टुरेन्टको सोमबार पोखरा महानगर पालिका वडा नं ६का वडा अध्यक्ष विष्णु बहादुर भट्टराई र स्थानिय समाजसेवी राधादेवी बरालले सयुक्त रुपमा उद्धघाटन गरेका हुन । भट्टराईले नेपालमै केही गर्नुपर्छ भन्ने सोचले खोलेको रेष्टुरेन्टको सफलताको शुभकामना व्यक्त गरे ।

स्थानिय युवाहरुले सुरुवात गरेको व्यवसायलाई स्थानिय बासिन्दाहरुले सहयोग गर्नुपर्नेमा जोड दिए । विदेशमा गएर गरिने मेहेनत र लगानी नेपालमै गर्न सकियो भने विदेशमा गएर बगाएको पसिना भन्दा आफ्नै क्षेत्रमा बगाएको पसिनाको महत्व बढी हुने बताए । काम सानो ठुलो नहुने भन्दै आफ्नै क्षेत्रमा पेसा ब्यवसाय गरेका पर्यटन युँवाहरुलाई वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

समाजसेवी राधादेवी बरालले ‘युवाहरुको जोश जागर लाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने सकेमा राष्ट्र समवृद्दि तर्फ आगाडि बढ्ने’ विश्वास व्यक्त गरीन ।

यसअघि पनि रेष्टुरेन्ट ब्यवसाय संचालन गर्दै आएका लगानी कर्ता मिलन गुरुङले नेपाली युवाँहरुलाई नेपालमै स्वरोजगार हुन प्ररित गर्ने उदेश्यले रेष्टुरेन्ट सन्चालनमा ल्याएको बताएका छन । भविष्यमा पोखराका अन्य ठाँउमा पनि शाखा खोल्ने योजना रहेको सुनाए । चाइनिज, इटालियन र कन्टिनेन्टल खानाको परिकारहरुको स्वाद लिन पाइने रेष्टुरेन्टमा सुभारम्भ तथा चाडपर्वको अवसरमा हरेक मेनुमा २० प्रतिशत सम्म छुट दिइने गुरुङले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।