पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको क्षत्रशत्ति बचत तथा ऋण सहकारी सस्थाको १२ औ साधारण सभा बुधवार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले सहकारीमा धनि,गरिव,ब्यापारी ,कृषक जो कोह्री पनि सदस्य हुन पाउने भएकाले सहकारी साझा चौतारी भएको धारणा राखेका थिए ।

साथै अध्यक्ष गुरुङले सहकारीहरुमा पछिल्लो समयमा देखिएका केही समस्यहरुका बारेमा संचालकहरु सचेत हुनु पर्ने र सेयर सदस्यहरुले खवरदारी गर्नु पर्ने सुझाव राख्दै सहकारीहरुले उत्पादनसिल क्षेत्रमा लगानी वढाएर आय आर्जनलाई छनोट गर्न सक्ने हो भने सहकारीले परकल्पना गरेको उदेश्य प्राप्ती हुने भनाई राखेका थिए ।

साही अवसरमा काग्रेस नेता राजेन्द्रमणि लामिछानेले सहकारीमा रहने जो कोहीले पनि ब्यक्तिगत स्वार्थलाई भन्दा पनि सस्थागत हितलाई मध्यनजर राखेर काम गर्नु पर्ने धारणा राखेका थिए भने लेखनाथ उद्योग बाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले सहकारीहरुले लगानीका सम्भावनाहरुको खोजी गरि ब्यवसायिक उत्पादनमा तर्फ अग्रसर हुनु पर्ने सुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष ईन्द्र बहादुर थापा,सेयर सदस्य सुर्यप्रसाद वास्तोला र लक्ष्मी ताम्राकार लगाएतले सहकारीले गर्नु पर्ने काम कर्तब्य र अधिकारका बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा असल बचतकर्ता निर्जला थापा,कमला पौडेल असल कारोवार तर्फ सन्तोष कोईराला र उत्कृष्ण किसान तर्फ कृष्ण प्रसाद वास्तोला,वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ,वडा नं ३० का वडासदस्य विनोद प्रसाद लामिछाने र राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कास्कीका अध्यक्ष शालिकग्राम गौतमलाई सम्मान गरिएको थियो ।

सस्थाका उपाध्यक्ष सप्त बहादुर जि सीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव सुवास खड्काले गरेका थिए । वि स २०६७ सालमा स्थापना भएको सहकारीले पछिल्लो समय दुई हजार एक सय ५४ सेयर सदस्यहरु मार्फत चार करोड ४४ लाख ३४ हजार दुई सय रुपियाँ सेयर पुजी बनाउन सफल भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।