पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानी स्थित बसन्त गौचन फुटबल एकेडेमीको मैदानमा असोज १० गतेदेखि जारी वडाध्यक्ष रनिङ शिल्ड कप सेभेन ए साईड फुटबल प्रतियोगिताका आजका खेलबाट १० टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा स्थानीय बगादी युवा क्लवको संयोजनमा भएको प्रतियोगितामा आज सम्पन्न भएका १० खेलबाट बी १३,कालीमाटी,तुलाचन एफ सी,गन्नी एफ सी, पोखरा–२६ विजयपुर,मिलन टोल,हिमाल एण्ड रक्षा मेमोरियल, शिसुवा, बगादी युवा क्लव र एभिन एफ सी अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

युवा वर्गलाई खेलक्षेत्रमा संलग्न गराई स्थानीय क्षेत्रमा खेलकुदको प्रर्वद्धन, विकास एवं खेल पर्यटनमा समेत टेवा पु¥याउने उद्धेश्य रहेको क्लवका अध्यक्ष गंगा बहादुर तामाङले जानकारी दिए ।

अघिल्लो दिन वर्षाले केही समय अवरोध गरेपनि आज निर्बाध रुपमा खेलहरु सम्पन्न भएका खेल संयोजक जितेन्द्र क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा ४० टिमको सहभागिता रहेको छ ।प्रतियोगिता १४असोजसम्म चल्ने वताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।