Thursday, November 5, 2026

बाँके:  जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन्।

गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसी–बोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिइन्।

“महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौँ”, अध्यक्ष शाहले भनिन्, “यो वर्षको दसैँ–तिहारमा एक हजार ५०० खसी–बोका बिक्री गर्ने लक्ष्य रहेको छ।”

व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन्। महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसी–बोका उत्पादनमा वृद्धि भएको अध्यक्ष शाहको भनाइ छ।

किसान महिलाले वर्षमा अहिले १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिइन्।

गाउँमा महिला समूहमा आबद्ध हुनेहरूले घरमा पालेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनीहरु मुक्त भएको अध्यक्ष शाहले बताइन्।

यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँ–तिहारमा उल्लेख्य सङ्ख्यामा खसी बोका बिक्री गरेर चाडपर्व मनाउने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताइन्।

क्यालेन्डर
‹ ›
कार्तिक २०८३ Oct / Nov 2026
आसोमंबुबिशुश